Logo
७ फागुन २०८१, बुधबार

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

अक्षरपाटी
२०८१ माघ १० , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाडौं। आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

हिजो अर्थात् बुधबार भने ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो, यसको तुलनामा झन्डै २ अर्ब कम कारोबार भएको हो ।

नेप्से
यो पनि हेर्नुहोस् : सेयर बजार ११ अंकले बढ्यो