काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ६.५४ अंकले बढेर नेप्से दुई हजार ६८३ दशमलव ८६ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
यस्तै आज कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ९६ करोडको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच भएकोमा आज ७ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ४९ लाख ६८ हजार २५८ कित्ता शेयर कारोबार भएको छ ।