Logo
१९ चैत्र २०८१, बुधबार

नेप्से ७.६६ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

अक्षरपाटी
२०८१ चैत्र ४ , मंगलबार ०५:०३ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.६६ अंकले घटेको छ । शून्य दशमलव २८ प्रतिशतले घटेर २६९७.०४ विन्दुमा बन्द भएको छ ।

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ५० हजार ८३४ पटकको सेयर किनबेचबाट ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ सेयर कारोबार भएको छ ।

आज ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच भए । अन्य उपसमूहबाहेक सबै उपसमूहहरु घटे ।

नेप्से