Logo
२७ भदौ २०८३, शनिबार

२२ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार ५ अर्ब रुपैयाँ नाघ्यो

अक्षरपाटी
२०८३ जेठ १९ , मंगलबार ०३:०६ मा प्रकाशित

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २२.२१ अंकले वृद्धि हुँदै २ हजार ७७७.५८ बिन्दुमा पुगेको हो।

आज ३४६ वटा कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबारको कारोबारमा कालिन्चोक हाइड्रोपावर लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। उक्त डिबेन्चरको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

समग्रमा बजार सकारात्मक बनेसँगै अधिकांश लगानीकर्तामा उत्साह देखिएको छ भने कारोबार रकमले पनि बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको संकेत गरेको छ।

नेप्से

ट्रेन्डिङ ( साप्ताहिक )