Logo
२ कात्तिक २०८३, आईतबार

लुम्बिनीमा उच्च वर्षा, दाङ र बाँके लगाएतका धेरै स्थानमा बाढीको खतरा

अक्षरपाटी
२०८२ साउन २० , मंगलबार ११:०८ मा प्रकाशित

काठमाडौं। पानी पार्ने प्रणाली, मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा रहँदा लुम्बिनी प्रदेशका दुई केन्द्रमा अति भारी वर्षा भएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार दाङको जलकुण्डसिमा पछिल्लो २४ घन्टामा २३९.२ मिलिमिटर वर्षा भएको छ। २४ घन्टामा २०० मिलिमिटरभन्दा बढी वर्षमा भएमा अति भारी वर्षा भएको मानिन्छ।

त्यस्तै बाँकेको सिक्टामा २१०.२ मिलिमिटर वर्षा भएको छ। बाँकी तीन केन्द्रमा धेरै भारी वर्षा भएको छ।

बर्दियाको मानपुर केन्द्रमा पछिल्लो २४ घन्टामा १७४.४, बाँकेको पश्चिम राप्तीमा १७७.४, दाङको अम्बापुरमा १९३.२ मिलिमिटर वर्षा भएको छ।

मौसमविद दाहालका अनुसार पछिल्लो समय मनसुन सक्रिय भएको छ।

अहिले पनि लुम्बिनी प्रदेशका केही केन्द्रमा मध्यम वर्षा भइरहेको छ।

लुम्बिनीमा उच्च वर्षा

ट्रेन्डिङ ( साप्ताहिक )