
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट पाउने भएका छन्।
बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले पर्यटकीय नगरी पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्नुपर्ने छ। यसरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने सम्झौतामा उल्लेख छ।
ग्राहकले सो रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा सोत छुट सुविधा प्राप्त गर्नसक्नेछन्।
सो सुविधा उपभोग गर्न ग्राहकहरुले एनआईसी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए।
एनआईसी एशिया बैंक माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा


