Logo
६ असार २०८३, शनिबार

साताकाे अन्तिम काराेबारदिन आज, उच्च अंकले घट्याे शेयर बजार

अक्षरपाटी
२०८२ भदौ १२ , बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार उच्च अंकले घटेको छ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० बिन्दुमा बन्द भएको हो। बुधबार नेप्से ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा बन्द भएको थियो।

आज कारोबारमा आएका २४ कम्पनीको शेयरमूल्य बढेको छ। भने २२७ कम्पनीको शेयरमूल्य घटेको छ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ। आज बजारमा आठ अर्ब नौं करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार याे काराेबार सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ। यस कम्पनीको आज ६५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

सर्वाधिक मूल्य बढ्नेमा विकास हाइड्रोपावर कम्पनी रहेको छ। आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

शेयर बजार