Logo
१९ वैशाख २०८३, शनिबार

एक महिनामै भित्रियाे पाैने दुई खर्ब रेमिट्यान्स

अक्षरपाटी
२०८२ भदौ ३० , सोमबार ०८:०९ मा प्रकाशित

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भएको जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

गत आवको सोही अवधिसम्म भने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ भित्रिएको थियो।

साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो।

चालु आवको पहिलो महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९३ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४८ अर्ब ८ करोड रहेको थियो।

नेपाल राष्ट्र बैंक