Logo
२१ पुस २०८२, सोमबार

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको ३९ औँ स्थापना दिवस मनाइयो

अक्षरपाटी
२०८२ पुस १९ , शनिबार ०९:०१ मा प्रकाशित

काठमाडौं । ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस मनाएको छ ।

विक्रम संवत २०४४ पुस १९ मा डा.मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ले ३८ वर्ष पूरा गरेर आज शनिबार सात घटकसहितको ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस मनाएको हो।

महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सम्पन्न समारोहमा संस्थापक महासचिव एवम् नेकपा एमाले उपाध्यक्ष रघुजी पन्त प्रमुख अतिथि थिए।

अतिथिहरूमा एमाले केन्द्रीय सदस्यहरू सुजिता शाक्य, हेमराज राई र विनोद श्रेष्ठ, महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, लक्ष्मण रायमाझी, विष्णु प्रभात, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, लक्ष्मी माली, स्नेह सायमी, पूर्व महासचिव राजेश थापा, शुष्मा राजभण्डारी, श्याम तमोट, राम विनय, डम्बर पहाडी, नर्मदेश्वरी सत्याल, रमेश पोखरेल, डा.कृष्ण सुवेदी, नन्दु उप्रेती, आकाश थापा, माधव प्रधान, डा.प्रतिभा पुन, नारायण परिश्रमी, के.के.कर्माचार्य, अशोक राई, पूर्व उपाध्यक्ष मधु गुरुङ, पूर्व महासचिव वासुदेव अधिकारी, बुढानलिकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, ओम श्रेष्ठ, सुशिला प्रधानाङ्ग, मनोहर सुनाम, भोजबहादुर शाह, शान्तिराम राई, प्रकाश सिलवाललगायत उपस्थित थिए।

महासङ्घको हालै स्थापना गरिएको नयाँ कार्यालयको प्रमुख अतिथिले उद्घाटन गरेका थिए। प्रमुख अतिथि रघुजी पन्तले डा.मोदनाथ प्रश्रितको नेतृत्वमा ३९ वर्ष पहिले स्थापना भएको यो महासङ्घले धेरै नै आरोह–अवरोह पार गरेको बताए। उनले लेखन भनेको मानवीय अनुभूति भएको र यो समाजबाटै ग्रहण गरिने बताए।

समारोहका अध्यक्ष अशोककुमार राईले अग्रजको योगदानले स्थापित महासङ्घले झण्डै चार दशकको यात्रा तय गरेको बताए। उनले पार्टीका समारोहमा आफूहरुका गीत नबज्ने वा सार्थक गीतले स्थान नपाउने अवस्था अहिले पनि रहेको हुँदा सिद्धान्त र व्यवहारकाबीच तालमेल गर्नुपर्ने बताए।

जनसांस्कृतिक महासङ्घ