Logo
१ जेठ २०८३, शुक्रबार

प्रदीप खड्काको ‘एक्लो’सहित तीन फिल्म हलमा

अक्षरपाटी
२०८२ पुस १७ , बिहीबार १२:०१ मा प्रकाशित

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि हलमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्।

प्रदीप खड्का स्टारर नेपाली फिल्म ‘एक्लो’ सँगै हलिउड फिल्म ‘द हाउसमेड’ र दक्षिण भारतीय फिल्म ‘४५’ एकसाथ रिलिज भएका हुन्।

साइन्स फिक्सन जनराको नेपाली फिल्म ‘एक्लो’ प्रदीप शाहीले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप खड्कासँगै जेमी बेकन, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, सुनील थापा र दिनेश डिसीलगायत कलाकारहरूको अभिनय रहेको छ। यस फिल्मको रनटाइम २ घण्टा २० मिनेट रहेको छ।

त्यस्तै, पल फेग निर्देशित हलिउड फिल्म ‘द हाउसमेड’ थ्रिलर जनरामा आधारित छ। फिल्ममा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर र मिशेल मोरोनलगायत कलाकारहरूको अभिनय छ। यसको रनटाइम २ घण्टा ६ मिनेट रहेको छ।

यसैगरी, बिहीबारदेखि नै प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘४५’ एक्सन–ड्रामा जनराको फिल्म हो। अर्जुन जन्यले निर्देशन गरेको यस फिल्ममा शिव राजकुमार, उपेन्द्र र राज बी शेट्टी मुख्य भूमिकामा रहेका छन्। फिल्मको रनटाइम २ घण्टा २६ मिनेट रहेको छ।

ट्रेन्डिङ ( साप्ताहिक )