

मुम्बई । तमिल सुपरस्टार विजयको आगामी एक्सन फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक भएको छ । यसलाई उनको सिनेमा करिअरको अन्तिम फिल्म बताइएको छ ।
यो फिल्मपछि राजनीतिक करिअर अघि बढाउने घोषणा विजयले गतसाता गरिसकेका छन् । यो फिल्मलाई वालिमाई र थुनिवु फेमका एच विनोथले निर्देशन गरेका छन् ।
प्रशस्तै एक्सन दृश्य समावेश गरिएको फिल्ममा विजयले आफ्ना राजनीतिक दृष्टिकोणलाई कथावस्तुको रुपमा राखेका छन् । धेरै राजनीतिक विम्व फिल्ममा समावेश गरिएको जनाइएको छ ।
फिल्ममा पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियमणि, नारायण, गौतम वासुदेव मेनन र ममिता बैजु पनि प्रमुख भूमिकामा छन् । यो फिल्म जनवरी ९, २०२६ मा हलमा रिलिज हुने तयारीमा छ ।




