Logo
२१ पुस २०८२, सोमबार

सम्झना पाण्डे र प्रताप दासको स्वरमा ‘तिम्रो बारे’

अक्षरपाटी
२०८२ पुस १९ , शनिबार ०९:०१ मा प्रकाशित

काठमाडौं। सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। गीत डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहले गरेका छन्।

म्युजिक भिडिओमा अभिनेत्री प्रियंका कार्की र विकास लामिछानेको अभिनय छ।

म्युजिक भिडिओको निर्देशन राजेश पुमा राईले गरेका छन्। उत्सव दाहालको सिनेमाटोग्राफीले म्युजिक भिडिओलाई आकर्षक बनाएको छ।

गीतको कोरियोग्राफी रोशन बिके र सम्पादन विकास दाहालले गरेका छन्।

प्रताप दास सम्झना पाण्डे