Logo
८ माघ २०८२, बिहीबार

प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा एमालेका प्रदेश सभा सदस्य चक्र मल्ल

अक्षरपाटी
२०८२ पुस २० , आईतबार १०:०१ मा प्रकाशित

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा रहेका छन्। डोटीबाट निर्वाचित मल्ल संघीय संसदमा प्रतिस्पर्धा गर्ने लक्ष्यसहित राजनीतिक तयारी अघि बढाएका हुन्।

हालै सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मल्लले प्रतिनिधि सभा निर्वाचनका विषयमा पार्टीका निकट नेताहरूसँग परामर्श सुरु गरिसकेका छन्।

मल्लले पार्टीले जिम्मेवारी दिए प्रतिनिधि सभाको चुनाव लड्ने बताएका छन्। ‘पार्टीले निर्णय गरे प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसदको निर्वाचन लड्न तयार छु,’ उनले भने।

मल्ल २०७९ सालको निर्वाचनमा डोटी प्रदेश सभा क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका थिए।

एमाले डोटीको नेतृत्व गरिसकेका मल्ल कुशल संगठकका रूपमा परिचित छन्। उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।

चक्र मल्ल नेकपा एमाले