

धनगढी। चैतन्य पाठशालाले ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ आयोजना गर्ने भएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले पुस २२ देखि २९ गतेसम्म ‘ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको जानकारी दिए।
उनले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको पहिचान, सिर्जनशीलता विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए।

महोत्सव अवधिभर विज्ञान तथा प्रविधि प्रदर्शनी, ड्रोन तथा प्लेन उडान परीक्षण, अन्तर–विद्यालय प्रतियोगिता, योग–ध्यान, सांस्कृतिक तथा साहित्यिक प्रस्तुति, सामुदायिक सेवा तथा रक्तदान कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।
अध्यक्ष जोशीले यस महोत्सवलाई विद्यार्थी केन्द्रित र नवप्रवर्तनमुखी शैक्षिक अभियानका रूपमा सफल बनाउन अभिभावक, सञ्चारकर्मी तथा समुदायको सक्रिय सहभागिताका लागि सम्मानपूर्वक आग्रह पनि गरे।
चैतन्य पाठशाला



