Logo
८ माघ २०८२, बिहीबार

कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि मञ्च ब्यवस्थापन अन्तिम चरणमा

अक्षरपाटी
२०८२ पुस २६ , शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनका लागि धमाधम मञ्च ब्यवस्थापनको काम भइरहेको छ।

आइतबारदेखि शुरू हुन लागेको कांग्रेस विशेष महाधिवेशनको उद्घाटनशत्रलाई सभ्य र भब्य बनाउन मञ्च ब्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो।

भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन शत्रका लागि मञ्चलाई सजाउने काम धमाधम भइरहेको छ। दिउँसो ३ बजेसम्म मञ्च ब्यवस्थापनको काम ७० प्रतिशत सकिएको मञ्च ब्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए।

उनले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको ब्यवस्थापन गरिने बताए । खुला चौरमा भने ६ हजार भन्दा बढी कुर्सीहरुको ब्यवस्थापन गरिने पुडासैनीको भनाइ छ।

शुक्रबार साँझदेखि शुरू गरिएको मञ्च ब्यवस्थापनको कामलाई तिब्रता दिइएको छ। साँझसम्म मञ्च ब्यवस्थापनको काम सकिने संयोजक पुडासैनीले जानकारी दिए।

मञ्च वरिपरि कांग्रेसको झण्डा,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिँदैछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई ब्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको हो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको हो। महाधिवेशन २८ गतेसम्म चल्नेछ ।

नेपाली कांग्रेस विशेष महाधिवेशन