

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न भएको छ।
आइतबारदेखि शुरू हुन लागेको कांग्रेस विशेष महाधिवेशनको उद्घाटन शत्रलाई सभ्य र भब्य बनाउन मञ्च ब्यवस्थापनको काम पनि सकिएको छ।
भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन शत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ। मञ्च ब्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको ब्यवस्थापन गरिने बताए।
खुला चौरमा भने ६ हजार भन्दा बढी कुर्सीहरुको ब्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ। मञ्च वरिपरि कांग्रेसको झण्डा,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई ब्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ। उद्घाटन दिउँसो १ बजेदेखि शुरू हुनेछ ।
कांग्रेस महाधिवेशन महाधिवेशन



