Logo
८ माघ २०८२, बिहीबार

उद्घाटन कार्यक्रमका लागि पत्रकारलाई पास नचाहिने

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशनको आजको कार्यक्रमका लागि पत्रकारहरुलाई प्रवेश पास नचाहिने भएको छ।

विशेष महाधिवेशन मिडिया सेन्टरका संयोजक जीवन भण्डारीका अनुसार आजको कार्यक्रममा पत्रकारका लागि पास नचाहिने व्यवस्था गरिएको छ।

पत्रकारहरुले कार्यरत मिडिया हाउसको परिचय पत्रकै आधारमा प्रवेश पाउने संयोजक भण्डारीले बताए। भोलिका लागि भने परिचय पत्रको व्यवस्था गरिने बताइएको छ।

विशेष महाधिवेशन