Logo
२३ असार २०८३, मंगलबार

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार ११:०१ मा प्रकाशित

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर महावीर पुन स्वतन्त्र उम्मेदवार बनेका छन्।

आजै राजीनामा दिएर हिँडेका मन्त्री पुनले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दी पुगेर उम्मेदवारी दिएका हुन्।

उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।

उनले पुराना दलहरुले जनताका पक्षमा केही काम नगरेकाले उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्।

आफू कुनै दलको पुच्छर नहुने र कसैको कुरा नसुन्ने समेत उनले बताएका छन्।

महावीर पुन