

काठमाडाैं। सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ६ हजार ७६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २८५ रुपैयाँले बढेको छ।
सुन



