Logo
२४ असार २०८३, बुधबार

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट

अक्षरपाटी
२०८२ माघ १२ , सोमबार ०३:०१ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ।

त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनीधि सभाको निर्वाचनमा शान्ती सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए।

राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए।

ट्रेन्डिङ ( साप्ताहिक )