Logo
२१ फागुन २०८२, बिहीबार

नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई

अक्षरपाटी
२०८२ माघ १२ , सोमबार ०६:०१ मा प्रकाशित

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सुटि खोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

सोमबार बसेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्।

उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सुटि खोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।’

साथै, उनले बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभए सम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको पनि बताए।

ट्रेन्डिङ ( साप्ताहिक )