Logo
३१ साउन २०८३, आईतबार

काठमाडाैंको काेटेश्वरमा इन्टेरियर डिजाइनिङ कलेज

अक्षरपाटी
२०८२ माघ २२ , बिहीबार ०५:०२ मा प्रकाशित

काठमाडाैं। काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ।

करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ सञ्चालनमा ल्याएको हो।

सन र इन्टेरियर डिजाइनमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ दरमा व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको सञ्चालिका सुक्निता चौलागाईंले जानकारी दिइन्। यसका लागि एक वर्षे डिप्लोमा कोर्स तयार पारिएको छ।

‘मेरो आफ्नै पनि फेसन डिजाइनमा एक दशकको अनुभव छ। नेपालमा प्राक्टिकल्ली फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेज कम छन्। हामीले सञ्चालन गरेको एकवर्षे कोर्सले युवाहरूलाई आफ्नो एकेडेमिक पढाइलाई असर नपर्नेगरी सपना पूरा गर्न मद्दत पुर्‍याउँछ भन्ने हो,’ चौलागाईंले भनिन्।

चौलागाईंले कोटेश्वरमै आठ वर्षदेखि ‘भ्यालेन्टिनो द बुटिक’ सञ्चालन गरिरहेकी छिन्।

कलेज फेसन सुक्निता चौलागाईं
यो पनि हेर्नुहोस् : फेसन चाइनामा एक मोडल