Logo
३१ वैशाख २०८३, बिहीबार

तामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

अक्षरपाटी
२०८२ माघ २७ , मंगलबार ०४:०२ मा प्रकाशित

रामेछाप। रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए। उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ।

थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ।

आज बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ। मृतको पहिचान खुल्न बाँकि छ।सडकबाट खसेको बस नदीमा डुबेको थियो। बस नदीबाट निकालिएको छ।

दुर्घटना

ट्रेन्डिङ ( साप्ताहिक )