

चरीकोट। आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले दोलखाको समग्र विकासको खाका सार्वजनकि गरेका छन्।
उनले आफू सांसद चुनिएपछि नागरिकका साझा समस्या समाधानमा प्रतिबद्ध हुने बताए।
शिवाकोटीको विकास योजनामा मुख्य प्राथमिकतामा लामोसाँगु–जिरी सडकको स्तरोन्नति, चरीकोट–मोडी सडक निर्माण सम्पन्न, लामाबगर–तिब्बत नाका खोल्ने र दोलखालाई चीन–भारत जोड्ने व्यापारिक केन्द्र बनाउने योजना अघि सारेका छन्।
उनले जिल्लाभर कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने, सुरुङमार्गको प्राविधिक र आर्थिक सुनिश्चितता गर्ने, अलपत्र ठूला पुल तथा सडक आयोजनाको समयमै सम्पन्न गर्न पहल गर्ने पनि आफ्नो लक्ष रहेको योजना सार्वजनिक गरेका छन्।
पर्यटन क्षेत्रमा कालिञ्चोक, भीमेश्वर, शैलुङ, छोरोल्पा हिमतालमा एकीकृत गुरुयोजना र ‘आइस हक्की’ खेलको सम्भावनालाई अघि बढाउने योजनामा समेटेका छन्।
धार्मिक पर्यटनलाई जोड दिँदै लप्ची, बिगु र जिरीलाई बौद्ध अध्ययनको केन्द्र र श्रंगी ऋषिको तपस्या सुरुंगलाई ‘रामायण सर्किट’सँग जोड्ने पहल गर्ने उनले बताएका छन्।
कृषि क्षेत्रमा मल–बीउ वितरणमा ‘डिजिटल कार्ड’ प्रणाली लागू गर्ने, आलु र तरकारीका लागि कोल्ड स्टोरको व्यवस्था मिलाउने र स्थानीय जलविद्युत तथा खानीमा रोजगारी प्रवर्द्धन गर्ने योजना छ।
स्वास्थ्य क्षेत्रमा चरीकोट अस्पताललाई आधुनिक ‘रिफरल हस्पिटल’ बनाउन जोड दिने पनि उनले आफ्नो योजनामा समेटेका छन्।
अजयबाबु शिवाकोटी निर्वाचन नेपाली कांग्रेस



