Logo
२१ फागुन २०८२, बिहीबार

बाजुरामा असीना पानी, हिउँदे बाली नष्ट

अक्षरपाटी
२०८२ फागुन ८ , शुक्रबार ०१:०२ मा प्रकाशित

बाजुरा। बाजुरामा भारी असीना पानी परेको छ। बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म यहाँको त्रिवेणी नगरपालिकाको विभिन्न स्थानमा भारी असीना पानी परेको हो।

त्रिवेणी नगरपालिका –७ का स्थानीय गोरख ऐडीले मालाकोट-धामीबाडा-कोसेडी र तोलीको जुम्ली डाँडासम्म बाक्लो असिना पानी परेको बताए।

उनले भने, ‘एक घण्टासम्म लगातार परेको असिना पानीले यहाँको गहुँबाली तथा आलु, प्याज र टमाटरलगायतको तरकारी नष्ट पारेको छ।’

यहाँका किसानले हिउँदमा मिहिनेत गरेर लगाएको खेती सबै असिना पानीले नष्ट पारेपछि अब बर्खाको समय के खाने भन्ने चिन्तामा आफूहरु परेको ऐडीले बताए ।

असिना-पानी बाजुरा

ट्रेन्डिङ ( साप्ताहिक )