Logo
२१ फागुन २०८२, बिहीबार

त्रिशुली बस दुर्घटना, १७ जनाको निधन, उद्धार जारी

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार ०७:०२ मा प्रकाशित

काठमाडौं। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६ महिला र ११ पुरुष रहेको प्रहरीले जनाएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ। घटनालाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापाले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकस छन्।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उद्धार र उपचार व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन्।

यस घटनाले देशलाई स्तब्ध बनाएको छ भने उद्धार र अनुसन्धान कार्य जारी छ।

दुर्घटना

ट्रेन्डिङ ( साप्ताहिक )