Logo
२१ फागुन २०८२, बिहीबार

दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना सम्मानित

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार ११:०२ मा प्रकाशित

कैलाली । डोटीको बडीकेदार गाउँपालिकाले सामाजिक सँस्था दृष्टि फाउण्डेशन नेपालकी अध्यक्ष कल्पना भट्टलाई सम्मान गरेको छ।

सुदूरपश्चिम प्रदेशमा दिनरात नभनी साहाराविहीन, शारीरिक तथा मानसिक समस्यामा परेका र कष्टपूर्ण सडक जीवन विताइरहेका व्यक्ति तथा अनाथ बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गाउँपालिकाले भट्टलाई सम्मान गरेको हो।

सम्मानपछि अध्यक्ष भट्टले भनिनन्, ‘दृष्टि फाउण्डेशनले आवास, भोजन, स्वास्थ्य उपचार र शिक्षाको व्यवस्था गर्दै असहाय तथा अनाथ बालबालिकालाई सामान्य जीवनयापनतर्फ अग्रसर गराउने कार्य निरन्तर गर्दै आएको छ।’

उनले डेड दशकदेखि गरिरहेको याे कार्य कठीन भए पनि मानवीय संवदेशनका दृष्टिले कसै न कसैले गर्दै पर्ने भएकाले आफूले याे जिम्मेवारी समाजका लागि पूरा गर्दै आएको बताइन्।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भैरबबहादुर साउदले कठिन परिस्थितिमा पनि मानव सेवामा समर्पित व्यक्ति नै सच्चा भगवान् हुने उल्लेख गर्दै पालिकाले संस्थालाई सधैं सहयोग गर्न प्रतिबद्ध समे गरे।

गाउँपालिकाले दृष्टि फाउण्डेशनको उत्तरोत्तर प्रगति, अध्यक्ष भट्टको सुस्वास्थ्य र दीर्घायुको कामना समेत गरेको छ।

कल्पना भट्ट दृष्टि फाउण्डेशन

ट्रेन्डिङ ( साप्ताहिक )