Logo
२६ फागुन २०८२, मंगलबार

मध्यपूर्वका नेपालीको सुरक्षाका लागि तत्काल कदम चाल्न कांग्रेस महामन्त्री पौडेलको माग

अक्षरपाटी
२०८२ फागुन १७ , आईतबार ०४:०३ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेल ले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका बीच त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि सरकारसँग तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्।

एक भिडियो सन्देश जारी गर्दै उनले नेपालीको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। “त्यहाँका नेपालीको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। त्यसैले त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम तत्काल थाल्न म नेपाल सरकारसँग माग गर्दछु,” उनले भने।

महामन्त्री पौडेलले मध्यपूर्वमा रहेका नेपालीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र आफ्नै सुरक्षामा सजग रहन उनले अपिल गरेका छन्।

मध्यपूर्वमा बढ्दो अस्थिरताका कारण त्यहाँ रहेका नेपाली कामदारको सुरक्षाप्रति चासो बढिरहेका बेला उनले सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

नेपाली कांग्रेस प्रदीप पौडेल