Logo
२१ फागुन २०८२, बिहीबार

तराई-मधेशमा हाेली आज, धुमधाम साथ मनाइँदै

अक्षरपाटी
२०८२ फागुन १९ , मंगलबार ०७:०३ मा प्रकाशित

काठमाडौं। फागु पूर्णिमाका रुपमा चिनिने रंगहरूको पर्व होली, तराई–मधेशका जिल्लाहरूमा आज मनाइँदै छ।

साेमबार नै पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइए पनि एक दिनपछि आज तराईमा होली मनाउने चलन छ।

सरकारले होलीको अवसरमा आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

हाेलीलाई स्थानअनुसार हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ भने मैथिली भाषामा होलीलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ।

फागुपूर्णिमा हाेली

ट्रेन्डिङ ( साप्ताहिक )