Logo
२६ फागुन २०८२, मंगलबार

रौतहट–४ मा चुनावी ‘ट्विस्ट’ : भगत निष्क्रिय, धमलालाई समर्थन

अक्षरपाटी
२०८२ फागुन २० , बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन एक दिन बाँकी रहँदा रौतहट क्षेत्र नम्बर–४ मा अप्रत्याशित राजनीतिक मोड आएको छ। सत्यनारायण भगत ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै ऋषि धमला लाई खुला समर्थन गर्ने निर्णय गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टी बीच भएको सहमतिपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। दुवै दलबीच निर्वाचनमा शक्ति एकीकृत गर्ने समझदारी बनेको बताइएको छ।

संयुक्त वक्तव्यमा रौतहट–४ मा भगत निष्क्रिय बस्दै आम जनता पार्टीका उम्मेदवार धमलालाई सहयोग गर्ने सहमति सर्वसम्मत रूपमा पारित भएको उल्लेख गरिएको छ। यस कदमलाई निर्वाचनअघि बनेको रणनीतिक तालमेलका रूपमा हेरिएको छ।

सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट भगत स्वयं र आम जनता पार्टीका तर्फबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा भएको यो गठजोडले रौतहट–४ को प्रतिस्पर्धालाई थप रोचक र पेचिलो बनाउने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

ऋषि धमला