Logo
९ वैशाख २०८३, बुधबार

काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्।

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अघि देखिएका छन्। काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा छन्।

ललितपुरका क्षेत्र नम्बर २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्की अगाडि छन्। ललितपुर–१ मा भने उदय शम्शेर राणाले अग्रता लिएका छन्।

भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन्। भक्तपुर–१ मा रुकेश रञ्जित अग्रस्थानमा रहँदा प्रेम सुवाल पछ्याइरहेका छन्। भक्तपुर–२ मा राजीव खत्री अगाडि छन् भने एमालेका महेश बस्नेत पछि परेका छन्।

उपत्यकाका सबै क्षेत्रमा मतगणना जारी रहेको छ।

रास्वपा