



झापा। झापाको निर्वाचन क्षेत्र नम्बर–५ मा रास्वपा बरिष्ठ नेता बालेन शाह विजयी भएका छन्।
३१ हजार मत गणनाअघि नै उनी विजयी भएका हुन। औपचारिक नतिजा आउनुअघि नै उनी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ३५ हजार मतान्तरले अगाडि छन्।
गन्नुपर्ने मतभन्दा मतान्तर नै धेरै भएपछि औपचारिक रुपमा कति मतान्तर र मतको संख्या बालेन र ओलीको पक्षमा पर्छ भन्ने निधो गर्नुअघि नै बालेन विजयी भैसकेका छन्।
शनिबार १:१० बजेसम्म ८२ हजा ११८ मत गणना गर्दा ओलीले १४ हजार ३१ मत ल्यालका छन्। बालेनलाइ ५२ हजार ९६ मत प्राप्त भएको छ।
३८ हजारभन्दा बढी मतान्तर हुँदा गन्न बाँकी मत भने २४ हजार २५४ छ।
निर्वाचन बालेन शाह



