Logo
१४ असार २०८३, आईतबार

राप्रपाद्वारा चार समानुपातिक सांसदको नाम सिफारिस

अक्षरपाटी
२०८२ चैत्र १ , आईतबार ०४:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङ लाई सिफारिस गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए।

निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टी