Logo
९ वैशाख २०८३, बुधबार

रक्तदाता दीपक उपाध्याय अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

अक्षरपाटी
२०८२ चैत्र २ , सोमबार ०५:०३ मा प्रकाशित

कैलाली । मानव सेवामा समर्पित रक्तदाता दीपक उपाध्याय अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। हालसम्म ११२ पटक रक्तदान गरेका उपाध्यायलाई “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६” प्रदान गरिएको हो।

भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा आयोजित कार्यक्रममा पूर्व विधायक हरिराम चेरोले उपाध्यायलाई सम्मानपत्र प्रदान गरेका थिए।

लामो समयदेखि निरन्तर रक्तदान गर्दै आएका उपाध्यायले मानव जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान दिएका छन्। रक्तदानलाई मानवताको ठूलो सेवा मान्दै उनी वर्षौँदेखि निःस्वार्थ रूपमा यस अभियानमा सक्रिय छन्।

कार्यक्रममा भारतका विभिन्न प्रदेशबाट सयौँ रक्तदाताको सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदानलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

स्वास्थ्य