



काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने घोषणा गरेका छन् ।
निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ उनले लेखेका छन् ।
खनाल कुलिङ पिरियडमा बसेपछि अब मन्त्रालयका नीतिगत निर्णय रोकिने छन् भने दैनिक प्रशासनिक निर्णयहरु भने निरन्तर रहने छन् ।
चैत १३ गते रास्वपाले बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने छ । सोहि दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको पनि शपथ हुने सम्भावना हुने छ ।
अर्थमन्त्री



