Logo
८ वैशाख २०८३, मंगलबार

बालेनको शपथ समारोहमा देउवा र ओलीबाहेक ६ पूर्वप्रधानमन्त्री सहभागी

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ०१:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न प्रधानमन्त्री बालेन शाहको शपथग्रहण समारोहमा ६ जना पूर्व प्रधानमन्त्री सहभागी भएका छन्।

राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रधानमन्त्री शाहले शपथ लिने कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओली बाहेक ६ जना पूर्वप्रधानमन्त्री सरिक भएका थिए।

शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू सुशीला कार्की, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईका साथै अन्तरिम सरकारका पूर्वप्रमुख तथा सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको समेत उपस्थित थियो।

शपथ समारोहमा उच्च पदस्थ अधिकारी, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधहरु सहभागी थिए।

धार्मिक तथा सांस्कृतिक अनुष्ठानसहित प्रधानमनमन्त्री शाहले शपथ लिएका थिए।

आजै उनको मन्त्रिमण्डलका १५ जना मन्त्रीले पनि शपथ लिएका छन्। आजै प्रधानमन्त्री तथा मन्त्रीहरुले सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बालेन शाह