Logo
३ वैशाख २०८३, बिहीबार

गृहमन्त्री गुरुङद्वारा प्रहरी परिसर काठमाडौंको अवलोकन

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं । बालेन शाह नेतृत्व सरकारका गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन्।

सो क्रममा उनले परिसरको व्यवस्थापन, सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा अनुसन्धान प्रक्रियाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री गुरुङले प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन समेत दिए।

उनले नागरिकको सुरक्षामा कुनै पनि सम्झाैता नगर्न र सतर्कता अपनाउन तथा अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन्।

त्यस अवसरमा प्रहरी अधिकारीहरूले हाल भइरहेका गतिविधि, चुनौती तथा सुधारका प्रयासबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।

गृहमन्त्री सुधन गुरुङ