



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर सर्वसाधारणाका गुनासो सुन्न सुरु गरेका छन्।
विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकको मन्त्रालयसम्मै पहुँच नहुने अघिल्लो सरकारको परम्परा तोडेर गृहमन्त्री गुरुङले सर्वसाधारणका पीडा र समस्या सुन्ने पहल थालेका हुन्।
गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन्। उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिन्।
कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए। एक सर्वसाधारणले भने, ‘धेरै गृहमन्त्रीहरू बने, तर तपाईँजस्तो हाम्रा गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।’
गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए।
गृहमन्त्री सुधन गुरुङ



