Logo
९ वैशाख २०८३, बुधबार

आजदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन, तीनवटा अध्यादेश पेश गर्दै गृहमन्त्री

अक्षरपाटी
२०८२ चैत्र १९ , बिहीबार ०९:०४ मा प्रकाशित

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ जनादेशसँगै गठन भएको संसद्को पहिलो बैठक आजबाट प्रारम्भ हुनलागेको हो।

सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय हलमा आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको हो। बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर तीनवटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

नयाँ संसद्को प्रारम्भसँगै सरकारका प्राथमिकता, विधायन प्रक्रिया तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।

गृहमन्त्री संसद् सुधन गुरुङ