Logo
४ वैशाख २०८३, शुक्रबार

सभामुख डीपी अर्यालले लिए शपथ

अक्षरपाटी
२०८२ चैत्र २२ , आईतबार ०४:०४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ गराएका हुन् ।

समारोहमा उपपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित संवैधानिक अंगका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

अर्याल आजै सर्वसम्मत रुपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका हुन् । उनले आजै पदभार ग्रहण गर्नेछन् ।

डीपी अर्याल

ट्रेन्डिङ ( साप्ताहिक )