Logo
१७ वैशाख २०८३, बिहीबार

अछामबाट टीकापुर आउँदै गरेको गाडी दुर्घटना हुँदा ३ जना घाइते

अक्षरपाटी
२०८२ चैत्र २४ , मंगलबार ०८:०४ मा प्रकाशित

धनगढी । अछामको ढकारीबाट टिकापुरतर्फ जाँदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटनामा परेको छ। 

लु प १००१ ज ३४४८ नम्बरको हाइस पञ्चदेवल विनायक नगरपालिका–२ स्थित कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको सिमाना लाड्छेमा दुर्घटनामा परेको हो।

दुर्घटनामा गाडी चालकसहित ३ जना घाइते भएका छन्। घाइते हुनेमा ढकारी गाउँपालिका–२ का धर्म थापा, खगेन्द्र थापा र गाडी चालक सुर्खेतका ज्ञानेन्द्र बलामी मगर रहेका इलाका प्रहरी कार्यालय विनायकका प्रमुख जगत बोहोराले बताए ।

प्रहरीका अनुसार हाइस गाडी मध्यपहाडी राजमार्गबाट करिब २०० मिटर तल खसेको छ। घाइतेहरूलाई उपचारका लागी पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल मंगलसेन पठाइएको छ। 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विनायकले जनाएको छ।

दुर्घटना