Logo
३ वैशाख २०८३, बिहीबार

राेशी खाेला जाँदै गृहमन्त्री गुरुङ

अक्षरपाटी
२०८२ चैत्र २४ , मंगलबार ०९:०४ मा प्रकाशित

काठमाडाैं। सत्ता सम्हालेदेखि गृहमन्त्री सुधन गुरुङ सबैभन्दा सक्रिय रहँदै आएका छन्।

उनी विभिन्न अनुगमन, निर्देशन र छडकेमा सक्रिय भएका छन्। उनले मातहतका निकायलाई पनि निकै सक्रिय बनाउँदै विभिन्न अभियुक्त, ‘गुण्डा’ र गलत नियत भएका व्यक्तिहरु पक्राउको शिलशिलालाई तीव्र बनाएका छन्।

यही क्रममा गृहमन्त्री गुरुङ आज आफ्नो टोलीसहित काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका छन्।

वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने बताइएको छ।

बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने कार्यक्रम छ।

गृहमन्त्री सुधन गुरुङ