Logo
१६ वैशाख २०८३, बुधबार

सांसद बोहराले भने- ‘जा चोटी घन्टीमे भोट डरियो’ भनेको छु, रानाथारुको छाेराभन्दा कम भूमिका हुनेछैन

अक्षरपाटी
२०८२ चैत्र २५ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतनन्त्र पार्टी (रास्वपा) कन्चनपुर २ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराले सदनमा उभिएर राना थारु समुदायलाई सम्झिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले भने भने- ‘सर्वप्रथम मलाई जिताउनु हुने र देशमा दुईतिहाइ नजिकको बलियो सरकार निर्माण गर्ने सम्पूर्ण जनताप्रति हार्दिक आभार।’

उनले आफू सांसदको कोरा एक पद लिएर मात्र नआएको स्मरण गराउँदै सिमान्तकृत जनताको आवाज बन्न आएको बताए।

उनले आफ्नो क्षेत्रका राना थारु समुदायलाई सम्झँदै भने- ‘मेराे निर्वाचन क्षेत्रमा राना थारुहरु छन् तर उनीहरुको प्रतिनिधित्व यो सदनमा छैन, त्यसका लागि म क्षमा माग्न चाहन्छु। कुरा संख्याको हाेइन, राज्यले नसुनेको आवाजको हाे। हाे म त्यो आवाजको कुरा गर्न चाहन्छु।’

उनले निर्वाचनताका सिमान्तकृत उक्त समुदायको बीचमा पुगरेर मत मागेकाे कुरा पनि स्मरण गरे ।

सांसद बोहराले भने- ‘भाेट माग्न जाँदा मैले भनेको थिएँ- ‘जा चोटी घन्टीमे भोट डरियो।’ त्यसैले म यस्ता माइनाेरिटीमा परेका समुदायका आवाज सँधै सदनमा उठाउने छु। प्रतिनिधित्व नभएकै ठाउँ र समुदायको न्यायको आवाज उठाउन म यहाँ आएको हुँ।
म राना थारुको छाेरा त हाेइन, तर रानाथारुको छाेराभन्दा मेरो कम जिम्मेवारी हुनेछैन।’

उनले कञ्चनपुरको बेलाैरीमा गत बैशाख ९ गते रहस्यमय तरिकाले जलेको हरिकिसन रानाकाे घटना अत्यन्तै रहस्यमय रहेको कुरा पनि सदनसामु उठाए।

उनले भने-‘एक वर्ष हुँदा पनि घटना रहस्यमै राखिएको छ। परिवार र स्थानीय समुदायले निश्पक्ष छानविनको माग गरिरहेका छन्। एक वर्षसम्म पनि न्याय नहुनु भनेको, ढिलाे गरि गरिने न्याय पनि अन्याय हो।’

दीपक बोहरा रानाथारु