Logo
१७ भदौ २०८३, बुधबार

पानी तान्ने मोटरबाट करेन्ट लागेर महिलाको मृत्यु

अक्षरपाटी
२०८३ वैशाख १७ , बिहीबार ११:०४ मा प्रकाशित

धनगढी । कैलालीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुधबार साँझ आफ्नै घरमा नल्काबाट पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी विकलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )