



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत भइरहँदा हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गरिरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ बैठक कक्षबाट बाहिरिएका हुन् ।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई अर्को महत्वपूर्ण काम परेकाले निस्किएको बताए ।
‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,’ साम्पाङले भने ।
बजेट भाषण हर्क साम्पाङ



