Logo
१८ जेठ २०८३, सोमबार

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक प्रस्तुत हुँदै

अक्षरपाटी
२०८३ जेठ १८ , सोमबार १०:०६ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

आइतबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो ।

बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषदबाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई समेत स्वीकृत गर्दै आजदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेश

ट्रेन्डिङ ( साप्ताहिक )