



काठमाडाैं। नेपाल राष्ट्र बैंकको सूचना अधिकारीको जिम्मेवारी का.मु. निर्देशक सुधा श्रेष्ठले सम्हालेकी छन्।
उनलाई जेठ १८ गतेदेखि लागू हुने गरी बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी तोकिएको हो।
बैंकद्वारा जारी सूचनामा श्रेष्ठ वि.सं. २०६४ देखि नेपाल राष्ट्र बैंकमा आबद्ध रहँदै आएकी छन्।
नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको रूपमा जिम्मेवारी सम्हाल्दै आएका निर्देशक सुमन नेउपानेले जिम्मेवारीबाट आजैदेखि विश्राम लिएका छन्।
उनले एक वर्ष भन्दा बढी अवधि बैंकका कामकारबाहीसँग सम्बन्धित सूचना र जानकारीहरू सम्प्रेषण गर्दै आएका थिए। उनी आउँदो सातादेखि नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्न लागेको कुरा प्रेस नोट मार्फत जनाएका छन्।
निर्देशक सुधा श्रेष्ठ नेपाल राष्ट्र बैंक


