



काठमाडाैं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी चाैकीको दयनीय अवस्थाबारे दुखेसो गरेका छन्।
उनले राष्ट्रिय सभा अन्तर्गतको संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैटकमा देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका हुन्।
सीमावर्ती र संवेदनशील क्षेत्रकै चाैकी पनि भत्किने अवस्थामा भए पनि त्यसलाई बनाउन बजेट नभएको गुनासो उनले गरे।
महानिरीक्षक कार्कीले भने- ‘सीमा क्षेत्र र संवेदनील क्षेत्रकै चाैकीको अवस्था दयनीय छ। प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा बसेर काम गर्न बाध्य छन्।’
२ सय ६३ वटा त स्थायी चाैकी नै जीर्ण भएका र अस्थायीको हिसाबै नभएको उनको भनाइ थियो।
ती चाैकी संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति भइदियो भने प्रहरीले दिनभर ड्युटी गरेर बेलुकी एकछिन आम नागरिकजस्तै स्वभाविक किसिमले बस्न पाउँथे कि भन्ने अपेक्षा उनले व्यक्त गरे।
दानबहादुर कार्की नेपाल प्रहरी प्रहरी महानिरीक्षक


