Logo
१४ साउन २०८३, बिहीबार

सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी, जिल्लाको अवस्था तनावग्रस्त

अक्षरपाटी
२०८३ साउन १४ , बिहीबार ०४:०७ मा प्रकाशित

सिरहा । सिरहामा बढ्दो प्रदर्शन र तोडफोडका घटनाका बीच जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

यसै क्रममा सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगलागीबाट मलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बिहीबार बिहानदेखि सुरु भएको प्रदर्शन क्रमशः उग्र बन्दै गएपछि विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्। सम्भावित थप क्षति रोक्न र शान्ति–सुरक्षा कायम गर्न प्रशासनले संवेदनशील क्षेत्रहरूमा कर्फ्यू लागू गरेको जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिने प्रयास जारी राखेको जनाएको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।

सिरहा

ट्रेन्डिङ ( साप्ताहिक )