Logo
२२ साउन २०८३, शुक्रबार

गंगालाल हृदय केन्द्र र नेपाल फार्मेसी परिषद्मा नयाँ नेतृत्व

अक्षरपाटी
२०८३ साउन २२ , शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका दुई निकायमा नयाँ नेतृत्व नियुक्त गरेको छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य तथा नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त भएका छन्।

नियुक्तिपछि प्रा.डा. अमात्य र डा. थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सरकारले यी नियुक्तिमार्फत मुटुरोग उपचार सेवा, औषधि तथा फार्मेसी क्षेत्रको नियमन र सम्बन्धित संस्थाहरूको सेवा प्रवाह तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

गंगालाल

ट्रेन्डिङ ( साप्ताहिक )